नदीमा डुबेर बालकको मृत्यु
लमजुङ- चेपे नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । राइनास नगरपालिका–७ का १४ वर्षीय अनिश नेपालीको लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले बताए ।
पौडी खेल्ने क्रममा डुबेको अवस्थामा देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी उक्त स्थानमा प्रहरी पुगेर शव निकालेको...









