पत्रकार साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

पत्रकार साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ
कलैया- पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपह...

कुटपिट गरी भाइको हत्या

कुटपिट गरी भाइको हत्या
कैलाली- कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै ...

कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार
कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब ड प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएका छन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्...

कोरोना भित्रन नदिन सचेतना अभियान

कोरोना भित्रन नदिन सचेतना अभियान
बलेवा- कोरोना भाइरसको सङ्क्रमण हुन नदिने गरी देशभरि थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् । राजनीतिक दलले यो अभियानलाई प्राथमिकतामा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्ण बैठक र काँग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि कोरोना सङ्क्रमणबारे सचेत बन्ने विषयले छलफलको समय पाएको थियो । नेकपाले आगामी चैत १...

महिलामाथि हुने ज्यादतीका घटनामा वृद्धि

महिलामाथि हुने ज्यादतीका घटनामा वृद्धि
भक्तपुर- वाग्मती प्रदेशमा गत वर्षभन्दा यसवर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ११०औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी दिँदै २०१९ मा अभिलेख गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वाग्मतीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको हो । ...

एम्बुलेन्स चालकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

एम्बुलेन्स चालकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण
चितवन- ट्राफिक प्रहरीले चितवन जिल्लामा रहेका एम्बुलेन्स चालकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिएको छ । ट्राफिक नियम उल्लङ्घनका कारण सवारी दुर्घटना कम हुन नसकेको भन्दै एम्बुलेन्स चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ‘मानव जीवनसँग प्रत्यक्ष जोडिएको पेसा भएकोले एम्बुलेन्स चालकलाई प्रशिक्षण गराइएको हो,’ प्रहरी नि...

सीमान्तकृत चेपाङका चार परिवारलाई पक्की घर हस्तान्तरण

सीमान्तकृत चेपाङका चार परिवारलाई पक्की घर हस्तान्तरण
चितवन- रत्ननगर नगरपालिका वडा नं–१०, बैरियामा लामो समयदेखि बस्दै आएका सीमान्तकृत चेपाङलाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ । रत्ननगर नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । ३० वर्षदेखि यहाँ बस्दै आएका चार परिवारलाई नगरपालिका र वडा कार्यालयले सामूहिक आवास निर्माण गरिदिएको हो । ३० वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा पक्की घर बना...

बटुक दल गणको डस्टविन सहयोग

बटुक दल गणको डस्टविन सहयोग
चितवन- बटुक दल गण कसरा व्यारेकले भरतपुर–२३ को सरस्वती माध्यमिक विद्यालय मधुपुरीमा अध्ययनरत विद्यार्थी र स्थानीयलाई लक्षित गरी शनिबार प्रकृति संरक्षण सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरेको छ । निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अवधारणालाई सुदृढ गर्न र सोही कार्यलाई प्रवद्र्धन गर्नको लागि तथा दिगो बनाउनको लागि निकुञ्जमा तैनाथ बटुक दल गणको पहल र निकुञ्ज कार्यालयको समन्वयम...

साताको शेयर बजार : १३ अर्बको कारोवार

साताको शेयर बजार : १३ अर्बको कारोवार
काठमाडौँ- धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय गर्‍यो । यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्‍यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर...

‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’

‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’
काठमाडौँ- स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तर्राष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकि नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन् । त्यसैले...