मोरङ-सुनसरी समाज कतारको बृहत बनभोज सम्पन्न
घनश्याम पराजुली (कृष्ण) दोहा । मोरङ-सुनसरी सेवा समाज कतारले सदस्यता वितरण, नविकरण तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । उमसलाल मोहम्मद स्थित अलदानाको रमणीय पार्कमा आयोजना गरिएको कार्यक्रममा सांगीतीक तथा खेलकुद कार्यक्रम समेत समावेश गरिएको थियो । संस्थाका अध्यक्ष टिएन बरालको सभापतित्व रहेको कार्यक्रमलाई संस्थाका सचिव चिरन्जिवी तिम्सिनाले सन्चालन गरेका थिए । राष्ट्रिय गानसँग...





