बीपी क्यान्सर अस्पतालबाट ३८ करोडको निःशुल्क उपचार
चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।
अस्पतालको तथ्याङ्कअनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्थाअनुसार निःशुल्क सेवा प्रदान गरिएको हो । यो अवधिमा अस्पतालले म्याक्स फाउण्डेसनको सहयोगमा रक्त क्यान्सरका बिरामीलाई रु २० करोड १९ लाख बराबरको निःशुल्क औषधि उपलब्ध गराएको छ । ...









