चितवनमा थपिए ४५ संक्रमित
चितवन । चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा सोमबार परीक्षण गरिएका २६८ नमुनामध्ये ४५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये चितवन बाहिरका ५ जना रहेका छन् ।
कोरोना पृष्टि हुनेमा भरतपुर महानगरका ३३, खैरहनीका २ र रत्ननगरका २ जना रहेका छन् । यस्तै, गैँडाकोट २ र १० का एक एक पुरुष, देवचुली ११ का एक महिला र कावासोती ३ का ए...








