दुर्घटनामा एक जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–१२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नंको ट्रकले ना ६४ प ८३६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भी...









