प्रदेशभित्रका पदक विजेतालाई पुरस्कारको घोषणा
हेटौँडा- प्रदेश नं ३ सरकारले प्रदेशभित्रका १३औँ दक्षिण एशियाली खेलकूद (साग) का विजेतालाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी प्रोत्साहनका लागि भन्दै यस्तो निर्णय गरेको हो ।
बैठकले जारी सागका प्रदेश नं ३ भित्रका पदक विजेता खेलाडीलाई स्वर्णपदक विजेतालाई रु एक लाख, रजतपदक विजेतालाई रु ५० हजार र का...









