महिला फूटबलमा एभरेष्ट र पञ्चकन्याको जित
चितवन । नारायणगढको क्याम्पाचौरमा मंगलबारदेखि स्व. जगदीश खड्का स्मृति महिला फूटबल प्रतियोगिता–२०७६ सुरु भएको छ । चितवन जिल्ला फूटबल संघको आयोजना र पञ्चकन्या महिला टिम रत्ननगरको सहआयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हानमी एभरेष्ट क्लब बसेनी र पञ्चकन्या महिला टिम ‘ए’ ले विजयी सुरुआत गरेका छन् ।
मंगलबारको पहिलो खेलमा एभरेष्टले पञ्चकन्या महिला टिम ‘बी’ लाई ४–० गोलअन्तरले पराजित ...









