नेपालमा कोरोनाको उच्च जोखिम, संक्रमित देशबाट निर्वाध नेपाल प्रवेश
काठमाडौँ- प्राणघातक कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको पाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबारमात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो । डब्लुएचओले विश्वका ५० भन्दा ...








