कोभिड–१९ को सन्त्रासका कारण वसन्तकालीन हिमाल आरोहण रद्द

कोभिड–१९ को सन्त्रासका कारण वसन्तकालीन हिमाल आरोहण रद्द
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण यस वर्षको वसन्तकालीन मौसमको हिमाल आरोहण रद्द गर्ने निर्णय गरेको छ । यस वर्षको वैशाख-जेठमा हुने सगरमाथासहित सबै हिमालको आरोहण रद्द भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । यस वर्ष विभिन्न हिमाल आरोहणका लागि पाँचवटा समूहले अनुमति लिएका थिए । उनीहरुको अनुमतिसमेत रद्द हुने र थप अनुमति नदिने आचार्यल...

सञ्चारकर्मी न्यौपानेले सञ्चालन गरे जापानमा नेपाली रेष्टुरेन्ट

सञ्चारकर्मी न्यौपानेले सञ्चालन गरे जापानमा नेपाली रेष्टुरेन्ट
नागोया, जापान- चितवनका पूर्वपत्रकार कविकिरण न्यौपानेले जापानमा टिपिकल नेपाली रेष्टुरेन्ट सञ्चालन गरेका छन् । नेपाल पत्रकार महासंघ , जापान शाखाका संस्थापक एवं वर्तमान सल्लाहकारसमेत रहेका न्यौपानेले जापानको नागोया सहरमा उक्त रेष्टुरेन्ट सञ्चालन गरेका हुन् । जापानमा नेपालीहरुको संख्या वृद्धिसँगै टिपिकल नेपाली खाना खाने ठाउँको महसुस गरिएकोले नेपालीहरुको संख्या अधिक भएको यस क्षे...

कोरोना भाइरसको सन्त्रासले संकटमा होटल व्यवसायी

कोरोना भाइरसको सन्त्रासले संकटमा होटल व्यवसायी
बनेपा- कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी संकटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ । पर्यटकहरुको आगमन घटेपछि व्यवसाय घटेको धुलिखेल नगरपालिका–८ स्थित होटल सारथीका प्रबन्धक अनिल ...

गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न

गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न
–सिबी अधिकारी भैरहवा- भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९)को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ । अबको छ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै कम्तीमा छ महिना लम्बि...

कोरोना सन्त्रासका कारण अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

कोरोना सन्त्रासका कारण अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे
काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो । प...

लेकसाइडमा छैनन् पर्यटक : रङविहीन बन्यो होली

लेकसाइडमा छैनन् पर्यटक : रङविहीन बन्यो होली
–जमुना शर्मा पोखरा- पोखरा हरेक उत्सवमा रमाउने शहर । पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ पोखरामा । विशेष गरी फागुपूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक होलीको रङसँग रमाएको दृश्य निकै हेर्न लायक हुन्थ्यो । पर्यटन व्यवसायीले आयोजना गर्ने होली कार्यक्रमले विशेष उत्सव थप्ने गर्दथ्यो । पोखरेली विभिन्न ठाउँबाट लेकसाइडको होलीमा मिसिन्थे र झनै रमाइलो वातावरण सिर्जना गर्थे...

वैशाखभित्र पूरा हुँदै भैरहवा–लुम्बिनी–तौलिहवा सडक

वैशाखभित्र पूरा हुँदै भैरहवा–लुम्बिनी–तौलिहवा सडक
लुम्बिनी- राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ । विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए । बत्तीस महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४...

कोरोनासँग जुध्न स्वास्थ्य र खाद्य स्वच्छतामा जोड

कोरोनासँग जुध्न स्वास्थ्य र खाद्य स्वच्छतामा जोड
पोखरा । कोरोनाबाट उत्पन्न परिस्थितिसँग जुध्न पश्चिमाञ्चल होटल संघ पोखराले ‘क्राइसिस म्यानेजमेण्ट कमिटी’ गठन गरेको छ । संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल, पश्चिमाञ्चल होटल संघका सल्लाहकार परिषद्का अध्यक्ष हरि शर्मा गैरे, होटल संघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली, संघ...

साताको शेयर बजार : १३ अर्बको कारोवार

साताको शेयर बजार : १३ अर्बको कारोवार
काठमाडौँ- धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय गर्‍यो । यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्‍यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर...

कोरोनाको त्रासका देखाएर माक्समा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

कोरोनाको त्रासका देखाएर माक्समा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मूल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो । विभागले मंगलबारमात्रै क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लाय...