कोभिड–१९ फैलिएका मुलुकमा अन्तरराष्ट्रिय उडान रोक्न पर्यटन व्यवसायीको सुझाव
काठमाडौँ- कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सङ्क्रमण भेटिएका मुलुकबाट दुवैतर्फी उडान रोक्न पर्यटन व्यवसायीले सुझाएका छन् ।
छिमेकी मुलुक चीनको वुहान सहरबाट फैलिएको कोभिड–१९ को प्रभाव अहिले विश्वका ६९ भन्दा बढी मुलुकमा विस्तार भइसकेका अवस्थामा अन्तरराष्ट्रिय यात्रुको आवतजावत नियन्त्रण गरी कोरोनाको सम्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाइनुपर्नेमा उनीहरुको जोड छ...









