अब हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल
हेटौँडा- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन् ।
मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उनले भने, “हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प...









