काँग्रेस जिल्ला सभापतिद्वारा नेतृत्वलाई सहमति गर्न सुझाव
काठमाडौँ- नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरूलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा उनीहरूले केन्द्रीय नेतृत्वलाई सहमतिका साथ एक ठाउँमा बसेर चौधौँ महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका हुन् ।
साथै जिल्ला सभ...









