पूर्वी चितवनमा डेरी प्लान्ट वन्छ – कृषि मन्त्री लामा

पूर्वी चितवनमा डेरी प्लान्ट वन्छ – कृषि मन्त्री लामा
मंसिर २८ गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तीन वटा जिल्लालाई समेट्ने गरि डेरी प्लान्ट निर्माण गर्न लागेको वताएका छन् । खैरहनी नगरपालिका १२ कपिया स्थित महालक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थाको शनिवार आयोजित २६ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै कृषि मन्त्री लामाले चितवन,नवलपुर र मकवानपुर जिल्लालाई लक्षित गर्दै डेरी प्लान्ट नि...

जमुनापुर हेल्प सोसाइटीको साधारण सभा सम्पन्न, पत्रकार सिंखडा सम्मानित

जमुनापुर हेल्प सोसाइटीको साधारण सभा सम्पन्न, पत्रकार सिंखडा सम्मानित
चितवन । रत्ननगर १२ मा रहेको जमुनापुर हेल्प सोसाइटीको ५औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाको तर्फबाट पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट स्थानीय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार सिंखडालाई नगद सहित सम्मान पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्नुहुने सहयोगीदाता तथा सामाजि...

पूर्वी चितवनमा फेरि अटो दुर्घटना, दुई घाइते (फोटोसहित)

पूर्वी चितवनमा फेरि अटो दुर्घटना, दुई घाइते (फोटोसहित)
खैरहनी, चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित ज्यामिरेमा दुई अटो एकआपसमा ठोक्किँदा दुई चालक घाइते भएका छन् । राप्ती नगरपालिका ३ का उमेश घलानले चलाएर पश्चिमतर्फ आउँदै गरेको ना १ ह ६३५५ नम्बरको अटो र खैहरनी नगरपालिका १ का मिलन थापामगरले चलाएर पूर्वतर्फ लैजाँदै गरेको ना २ ह २६१ नम्बरको अटो ठोक्किँदा उनीहरु दुवै जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था मध्यम रहेको ...

नारायणी नदीमा नेपाली सेनाको जलउद्धार अभ्यास तालिम प्रदर्शनी

नारायणी नदीमा नेपाली सेनाको जलउद्धार अभ्यास तालिम प्रदर्शनी
चितवन- नेपाली सेनाले नारायणी नदीमा जलउद्धार अभ्यास तालिम प्रदर्शनी गरेको छ । नेपाली सेना २ नम्बर विपद् व्यवस्थापन गण रसौली चितवनले विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गतका फौजहरुको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरेको हो । सो अवसरमा नदीमा डुंगा पल्टेर डुबेकाहरुको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रदर्शन गरिएक...

१० किलो २५० ग्राम चरेससहित दुई जना पक्राउ

१० किलो २५० ग्राम चरेससहित दुई जना पक्राउ
हेटौँडा- मकवानपुर प्रहरीले १० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी १० किलो लागूऔषध चरेससहित २ जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले भैँसे–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका २ देखि भीमफेदीबाट हेटौँडातर्फ आउँदै गरेको बा ४० प ७२४० नं को मोटरसाइकलमा लुकाएर ल्या...

सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा

सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा
काठमाडौँ- राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुर...

चार फुटबल खेलाडीलाई कारबाही

चार फुटबल खेलाडीलाई कारबाही
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार खेलाडीलाई कारबाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारबाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिबाना गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारबाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेला...

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन

नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन
काठमाडौँ- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकार...

पिकनिक गएको बस दुर्घटना : २२ विद्यार्थी घाइते

पिकनिक गएको बस दुर्घटना : २२ विद्यार्थी घाइते
भक्तपुर- सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक...

नारायणगढ–मुग्लिन सडकका आठ स्थानमा पहिरो रोक्ने काम गरिने

नारायणगढ–मुग्लिन सडकका आठ स्थानमा पहिरो रोक्ने काम गरिने
चितवन- सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर आजदेखि काम थालिने भनिएकामा पानी परेपछि काम सुरू हुन सकेको छैन । नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको आठ स्थानमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प...