प्रदेश नं १ मा ४६ को नमूना सङ्कलन, ३० को नेगेटिभ
झापा । प्रदेश नं १ मा मङ्गलबारसम्म कोभिड–१९ को आशङ्कामा ४६ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ । दश महिलासहित ४६ को स्वाब नमूना सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।
सङ्कलन गरिएका नमूनामा झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, तेह्रथुमबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट एक र पाँचथरबाट तीन जना रहेका छन् । सङकलित ...









