झुक्याएर भारत लैजान लागिएका १२ युवतीको उद्धार
काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको सोमबार उद्धार भएको छ ।
कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् ।
सिराहा र सर्लाही...









