कांग्रेस, कम्युनिस्टभन्दा माथि उठेर पहिले नेपाली बनौँ : विश्वप्रकाश

कांग्रेस, कम्युनिस्टभन्दा माथि उठेर पहिले नेपाली बनौँ : विश्वप्रकाश
चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस र कम्युनिस्टभन्दा पहिले नेपाली हौँ भन्ने बुझ्नुपर्ने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा रहेको सर्वशान्ति माविको स्वर्णमहोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि युवा नेता शर्माले देश बनाउनका लागि कांग्रेस, कम्युनिस्ट भन्दा माथि उठेर नेपाली बनेर एकजुट हुनुपर...

मितेरी फाउन्डेसनमा कलाकार बानियाँको नेतृत्व

मितेरी फाउन्डेसनमा कलाकार बानियाँको नेतृत्व
चितवन- मितेरी फाउन्डेसन नेपालको अध्यक्षमा चर्चित कलाकार रवीन्द्रसिंह बानियाँ सर्वसम्मतरुपमा चयन भएका छन् । फाउन्डेसनको शनिबार भरतपुरमा सम्पन्न आठौँ साधारण सभा तथा तेस्रो अधिवेशनले यसअघि उपाध्यक्ष रहेका बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिता खनाल, महासचिवमा राधेश्याम खतिवडा, सचिवमा विनोदबाबु रिजाल, कोषाध्यक...

बालगृह मापदण्डविपरीत : ८० बालबालिकाको उद्धार

बालगृह मापदण्डविपरीत : ८० बालबालिकाको उद्धार
काठमाडौँ- राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्डविपरीत सञ्चालित बालगृहबाट बालबालिकाको उद्धार गरेको छ । परिषद्ले मापदण्डविपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य ...

पन्ध्र घन्टासम्म निरन्तर हिमपात, तापक्रम माइनस १२ पुग्यो

पन्ध्र घन्टासम्म निरन्तर हिमपात, तापक्रम माइनस १२ पुग्यो
मनाङ- मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घन्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो । बुधबार बेलुकीदेखि सुरू भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ...

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल
चितवन- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताएका हुन् । उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ । उनले पार्टीमा छल...

जीप दुर्घटना हुँदा ७ घाइते

जीप दुर्घटना हुँदा ७ घाइते
चौतारा- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा शनिबार बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक म...

माडी नमुना छात्राबासका बालबालिकालाई न्यानो कपडा वितरण

माडी नमुना छात्राबासका बालबालिकालाई न्यानो कपडा वितरण
-अजित अधिकारी माडी, चितवन- माडी नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मीनिवासमा रहेको नमुना छात्राबासमा रहेका बाबुआमाविहीन अनाथ, विपन्न एवम् असहाय बालबालिकाहरुलाई एक कार्यक्रमकाबीच चिसोबाट बचाउनका लागि न्यानो कपडा वितरण गरिएको छ । वान स्टेप फाउन्डेसन भरतपुरले माडीको नमुना छात्राबासका विपन्न बालबालिकालाई मोजा, टोपी र न्यानो कपडा सामग्री तथा विद्यालय पोसाक सहयोग गरेको हो । वान ...

तीन जनाको ज्यान जाने गरी भएको धनुषा बम विस्फोटका योजनाकार पक्राउ

तीन जनाको ज्यान जाने गरी भएको धनुषा बम विस्फोटका योजनाकार पक्राउ
धनुषा- धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेको ...

प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्छ : मुख्यमन्त्री

प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्छ : मुख्यमन्त्री
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्ने बताएका छन् । नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकअघि नै प्रदेशको राजधानी र नामाङ्कनको विषयमा नेकपा प्रदेश ३ संसदीय दलले स्पष्ट निर्णय गरिसक्नुपर्ने बताए । उनले दुई वर्षदेखिको विषय भएकोले यो अधिवेशनमा कुनै पनि हाल...

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह हुँदै

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह हुँदै
चितवन- चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले उक्त सप्ताह सुरु गर्न लागिएको हो । पुस २२ गतेदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए...