सौराहामा आयोजित १६औँ हात्ती महोत्सव समापन, कुलमान घिसिङ सम्मानित

सौराहामा आयोजित १६औँ हात्ती महोत्सव समापन, कुलमान घिसिङ सम्मानित
चितवन- नेपाल भ्रमण वर्ष सन् २०२० लाई सहयोग गर्न र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा आयोजित १६औँ हात्ती महोत्सव शुक्रबार समापन भएको छ । प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाईंको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाले हरेक वर्ष हात्ती महोत्सव आयोजना गर्दै आएको छ । कुलमान घिसिङ सम्मानित कार्य...

नेपाल ह्याचरी उद्योग संघ प्रदेश ३ को अध्यक्षमा विसुराल

नेपाल ह्याचरी उद्योग संघ प्रदेश ३ को अध्यक्षमा विसुराल
चितवन- नेपाल ह्याचरी उद्योग संघ प्रदेश नम्बर ३ को अध्यक्षमा चितवनका पोल्ट्री व्यवसायी ज्ञानबहादुर विसुराल चयन भएका छन् । चितवनमा शुक्रबार आयोजित प्रदेश ३ का पोल्ट्री व्यवसायीहरुको भेलाले विसुराललाई सर्वसम्मत संघको अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा परशुराम अधिकारी ,सचिवमा मनोज रानाभाट र कोषाध्यक्षमा शिवराज उप्रेती चयन भएका छन् । यस्तै, सदस्यहरुमा...

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेकपाको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । उनका अनुसार प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी...

चट्याङ लागेर एकै परिवारका पाँच घाइते

चट्याङ लागेर एकै परिवारका पाँच घाइते
बाँके- चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक...

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्...

टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु
नुवाकोट- जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...

गायक सपूत गण्डकी प्रदेशको सदभावना दूत नियुक्त

गायक सपूत गण्डकी प्रदेशको सदभावना दूत नियुक्त
पोखरा- गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो । गायक सपूत साङ्गीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावन...

प्रदेश प्रहरी कार्यालयको निर्देशन एसपी मल्लले किन टेरेनन् ?

प्रदेश प्रहरी कार्यालयको निर्देशन एसपी मल्लले किन टेरेनन् ?
चितवन- चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदेश प्रहरी कार्यालय हेटौँडाले १२ घन्टाभित्र रमाना हुन दिएको निर्देशनको अवज्ञा गरेका छन् । बुधबार बिहान प्रदेश ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई सम्बोधन गरी पठाएको पत्रमा १२ घन्टाभित्र रमाना हुन निर्देशन दिएको थियो । तर, एसपी मल्लले प्रदेशको निर्देशनलाई अटेरी गर्दै जिल्लाका नियमित कार्यक्रममा देखिएका छन् । एसपी मल...

१५ वर्षे बालकलाई हत्या अभियोगमा जन्मकैद फैसला

१५ वर्षे बालकलाई हत्या अभियोगमा जन्मकैद फैसला
सिन्धुली- सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१, आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो । ...

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु
नवलपरासी- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८, स्थित रानीटारमा बुधबार राति ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । ना ५ त ५४७३ नम्बरको ट्रयाक्टर र बा २७ प २७९३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रानीटार निवासी २४ वर्षीय सन्दीप शर्माको ज्यान गएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार २९ वर्षीय खिमानन्द पाण्डे गम्भीर घाइते भ...