टिपर पल्टिँदा दुईको मृत्यु

टिपर पल्टिँदा दुईको मृत्यु
काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–१५ बाङ...

विकासका लागि कानुन बाधक बन्दैन : प्रधानन्यायाधीश राणा

विकासका लागि कानुन बाधक बन्दैन : प्रधानन्यायाधीश राणा
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानुन बाधक नबन्ने बताएका छन् । सर्वोच्च बार एकाइद्वारा शुक्रबारदेखि शुरु भएको ‘कानुन र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो । विकास र आर्थिक समृद्धिको विषयमा न्यायपालिका पनि संवेदनशील बन्नुपर्दछ ।’ ‘कानुन विकासको अधार भएकाले कानूनले विकासका लागि उपयुक्त वातावर...

नारायणगढ–मुग्लिन सडक अझै दुई साता दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडक अझै दुई साता दिउँसो बन्द हुने
चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको हो । गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ । पुस २२ गतेसम्म दिउँसो सोही समयमा...

सुमो दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, दुई गम्भीर घाइते

सुमो दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, दुई गम्भीर घाइते
हेटौँडा । मकवानपुरमा शुक्रबार भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्यापाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल...

सुमो दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

सुमो दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते
हेटौँडा- मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् । चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ...

नयाँ वर्षमा आएका पर्यटकहरुको भव्य स्वागतको पर्खाइमा माडी नगरपालिका

नयाँ वर्षमा आएका पर्यटकहरुको भव्य स्वागतको पर्खाइमा माडी नगरपालिका
-हृदयेन्द्र अनुरागी चितवन- दक्षिण चितवनको माडी नगरपालिकाले सरकारले घोषणा गरेको पर्यटन वर्ष धूमधामसँग मनाउने तयारी गरेको छ । सन् २०२० जनवरी १ देखि माडी नगरपालिकाले पर्यटकहरुलाई भव्य स्वागत तथा आतिथ्यता प्रदान गर्ने भएको हो । पुस १६ गते माडी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई वसन्तपुरमा बाजागाजा र स्थानीय समुदायको संस्कृति झल्कने झाँकीसहित भव्य स्वागत गर्ने निर्णय भएको माडी...

बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु
भरतपुर- बसको ठक्करबाट बिहीबार बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एक नारायण कोइरालाले बताए । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । घाइते साइकलयात्री प्र...

वेदघारी सामुदायिक वनमा पाटेबाघ मृत फेला

वेदघारी सामुदायिक वनमा पाटेबाघ मृत फेला
भरतपुर- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरेको बताए । उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोली बाघ कसरामा ल्या...

दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा

दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ...

एघार दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित

एघार दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
महोत्तरी- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ । चिसो स्याँठका बीच यहा...