कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७९ हजार नाघ्यो
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७९ हजार २५१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ ।
सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७६ लाख ८ हजार २५२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड १० लाख १४ हजार १६५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १४ हजार ८३६ व्यक...









