राष्ट्रिय धावकको सहभागितामा रोटरी क्लबको ‘मिनी म्याराथन’ हुँदै

राष्ट्रिय धावकको सहभागितामा रोटरी क्लबको ‘मिनी म्याराथन’ हुँदै
चितवन- नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्ने उद्देश्यले विभिन्न सामाजिक अभियानमा क्रियाशील रोटरी क्लब अफ रत्ननगरले राष्ट्रिय मिनी म्याराथन आयोजना गरेको छ । यही माघ ११ गते बिहान ८ बजे राष्ट्रिय व्यक्तित्वहरुको सहभागितामा पूर्वी चितवनको भण्डारादेखि रत्ननगरको होटल स्टार बेन्क्वेटसम्म १५.४ किलोमिटर मिनी म्याराथन आयोजना गरेको हो । क्लबका पूर्वअध्यक्ष सुरेन्द्र रेग्मीले मिनी ...

चितवनको खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

चितवनको खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
चितवन । चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । स्थानीय तह भएपछि यी दुई नगरपालिकाले दोस्रोपटक प्रतियोगिताको आयोजना गरेका हुन् । खैरहनी नगरपालिकाको आयोजनामा खैरहनी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रम...

रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ

रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ
चितवन- धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आईसीसी ग्राउण्ड स्पेसलिस्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउन्डेसनको तर्फबाट अध्यक्ष सीताराम कट्टेल र वार्नपुरबीच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो ...

जापानलाई अझ नजिकबाट बुझ्न रत्ननगर महोत्सबको शुभाङ्गीको स्टलमा आउनुस–अध्यक्ष तिवारी

जापानलाई अझ नजिकबाट बुझ्न रत्ननगर महोत्सबको शुभाङ्गीको स्टलमा आउनुस–अध्यक्ष तिवारी
महेश पाण्डे चितवन । चितवनको गरिमा र गौरवको रुपमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ दसौँ संस्करणको रत्ननगर महोत्सव शुक्रबारदेखि टिकौली चौरमा सुरु भएको छ । रत्ननगरको टिकौली चौरमा महोत्सब चलिरहदा आयोजकले शैक्षिक परामर्शदाताहरुको स्टललाई पनि बिशेष प्राथमिकता दिएको देखिन्छ । त्यसकै फलस्वरुप जापान जाने बिद्यार्थीहरुलाई सहि जानकारी दिन सकियोस भनेर स्टल नं. १२० मा काठ...

मुलुक बनाउने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल

मुलुक बनाउने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डो¥याउने बताए । “देश कता जान्छ भन्ने शिक्षाले नै निर्धारित गर्दछ, शिक्षा कस्तो दि...

खेल मैदानमा हात हालाहाल भएपछि एन्फाद्वारा मछिन्द्र र मनाङका खेलाडीलाई प्रतिबन्ध

खेल मैदानमा हात हालाहाल भएपछि एन्फाद्वारा मछिन्द्र र मनाङका खेलाडीलाई प्रतिबन्ध
काठमाडौँ- मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्सयाङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारबाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच/पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई ...

नर्सिङ कलेज खारेज भएपछि विद्यार्थीहरुको भविष्य अन्योल, परीक्षा दिन नपाए सामूहिक आत्मदाह गर्ने चेतावनी

नर्सिङ कलेज खारेज भएपछि विद्यार्थीहरुको भविष्य अन्योल, परीक्षा दिन नपाए सामूहिक आत्मदाह गर्ने चेतावनी
काठमाडौँ- भक्तपुरमा नर्सिङ अध्ययन गरिरहेको कलेज नै खारेज भएपछि विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । सीटीईभीटीबाट माज्यताप्राप्त सानोठिमी भक्तपुरस्थित चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले कलेज खारेजीपश्चात् पनि विद्यार्थी भर्ना लिएपछि विद्यार्थीहरु एक वर्षदेखि परीक्षा दिनबाट वञ्चित भएका छन् । अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थी भर्ना गरेको सुन्दा छा...

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ
काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले आज मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका हुन् । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ । अघिल्लो खेल चोटका कारण गुमाउनुभएका सन्दीपले आज चार ओभर बलिङ गर्दै २६ रन खर्चि...

राष्ट्रिय टेनिसमा महिलातर्फको उपाधि प्रेरणालाई

राष्ट्रिय टेनिसमा महिलातर्फको उपाधि प्रेरणालाई
पोखरा- पोखरामा जारी १७औँ संस्करणको ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिला एकल खुलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज भएकोे फाइनल खेलमा सलोनी तामाङलाई ७–५ र ६–१ को सोझो सेटले पराजित गर्दै उहाँले उपाधिसहित रु ५० हजार पुरस्कार प्राप्त गरेकी छन् । उपविजेता तामाङले रु २५ हजार तथा सेमिफाइनल पुगेका भगवती विक र गङ...

स्वदेशमै बसेर परिश्रम गर्ने शिक्षा आवश्यक मन्त्री पुन

स्वदेशमै बसेर परिश्रम गर्ने शिक्षा आवश्यक मन्त्री पुन
तनहुँ- गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले शिक्षालाई सीपसँग जोड्न आवश्यक रहेकामा जोड दिएकी छन् । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) गण्डकी प्रदेशले तनहुँको दमौलीमा आयोजना गरेको प्रदेशस्तरीय प्रथम भेलामा उनले शिक्षालाई व्यवहार र सीपसँग जोड्न नसकिए कुनै अर्थ नरहने बताइन् । निजी विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थी विदेशिने क्रम ...