नेपालगञ्जमा थप ६ सहित संक्रमितको संख्या ७५ पुग्यो

नेपालगञ्जमा थप ६ सहित संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौँ । प्रदेश नं ५ को भेरी अस्पतालस्थित नेपालगञ्जको प्रयोगशालामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नौ जनामा कोरोना संक्रमण भएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ...

सीमा क्षेत्रमा पूर्णरुपमा आवतजावतमा बन्देज लगाइने

सीमा क्षेत्रमा पूर्णरुपमा आवतजावतमा बन्देज लगाइने
-अजित अधिकारी वीरगञ्ज । खुला सीमा क्षेत्रबाट लुकिछिपी आउने क्रमलाई रोक्न तराईका जिल्लाहरुमा स्थानीय प्रहरी प्रशासनले थप बल प्रयोग गरी आवतजावतलाई पूर्णरुपमा बन्देज लगाउने भएको छ । लकडाउनको समयमा समेत खुला सीमाको कारण नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम बढदै गएपछि प्रहरी प्रशासनले सीमा केन्द्रित सु...

बम बिस्फोटको घटना अनुसन्धान गर्न कांग्रेसको माग

बम बिस्फोटको घटना अनुसन्धान गर्न कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घटनाले आफ्नो पार्टीसँगै सिंगो देश मर्माहत भएको उल्लेख गर्दै त्यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर...

सार्क मुलुकमा कोरोना रोकथाममा नेपालको अवस्था राम्रो

सार्क मुलुकमा कोरोना रोकथाममा नेपालको अवस्था राम्रो
काठमाडौँ । नेपालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड–१९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भुटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले ज्यान गुमाउनुपरेको छैन । ती देशमा सङ्क्रमण पनि कम रहेको छ । सार्कका आठ देशमध्ये छ देशमा कोरो...

युवतीमाथि करणी गर्न खोजेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

युवतीमाथि करणी गर्न खोजेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
काठमाडौँ । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारबाही गरी पाऊँ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतल...

५४ देशका ३०९ नागरिक लिएर उड्यो कतार एयरवेजको वाइडबडी

५४ देशका ३०९ नागरिक लिएर उड्यो कतार एयरवेजको वाइडबडी
काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सोे उडान कतारको दोहा हुँदै पेरिस पुग्नेछ । जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुल...

कोभिड-१९ को जोखिमका बीच सोलुखुम्बुमा अज्ञात रोगबाट ४० बढी बिरामी

कोभिड-१९ को जोखिमका बीच सोलुखुम्बुमा अज्ञात रोगबाट ४० बढी बिरामी
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस) का बिरामी बढेका छन् । साबिक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए । वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै वरिवारका चार जनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट यकिन हुने अध्यक्ष ...

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्...

करिब २३ हजार व्यक्ति क्वारेन्टाइनमा, ६१ हजार बढीको परीक्षण

करिब २३ हजार व्यक्ति क्वारेन्टाइनमा, ६१ हजार बढीको परीक्षण
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले बाह्य मुलुकबाट आउने शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८६५, प्रदेश नं २ म...

ताप्लेजुङमा भीषण आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङमा भीषण आगलागी, सात घर जलेर नष्ट
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो । राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए । त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्...