विभिन्न दुर्घटनामा गण्डकी प्रदेशमा चार जनाको मृत्यु
पोखरा- गण्डकी प्रदेशमा आज भएका विभिन्न घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार तनहुँ जिल्लामा ट्र्याक्टर दुर्घटनामा दुई र रुखबाट खसेर एकको मृत्यु भएको छ भने गोरखामा एक जना मृतावस्थामा भेटिएका छन् ।
तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ देउतीखोलास्थित पुरानो बस्तीमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
...









