आजदेखि प्रभावित मौसम सुधार हुने

आजदेखि प्रभावित मौसम सुधार हुने
काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताइन् । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइए...

दस कक्षामा अध्ययरत रुपेशले आफैँले बनाएको गाडी चलाएर देखाएपछि…

दस कक्षामा अध्ययरत रुपेशले आफैँले बनाएको गाडी चलाएर देखाएपछि…
पोखरा- आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे । विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँल...

७० करोड कमिसनको पर्दाफास गर्ने पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह

७० करोड कमिसनको पर्दाफास गर्ने पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह
काठमाडौँ- नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराएकोले सुरक्षा व्यवस्था मिलाउन माग गरेको बताए । उनले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वाताव...

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिए...

गोकुल बाँस्कोटाको अडियो प्रकरण छानबिन गर्न सांसदको माग

गोकुल बाँस्कोटाको अडियो प्रकरण छानबिन गर्न सांसदको माग
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद् रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमा छानबिन गर्न सरकारसित माग गरेकी छन् । सांसद् भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारबाही गर्न जोड दिए । सांसद् राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्या...

बुधबारदेखि देशभरका क्याम्पस स्ववियुविहीन

बुधबारदेखि देशभरका क्याम्पस स्ववियुविहीन
काठमाडौँ- देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन हुन नसकेपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल समाप्त भएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आजका लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो...

नेपाल ट्रष्ट जग्गा प्रकरणमा मेरो संलग्नता छैन : सभापति देउवा

नेपाल ट्रष्ट जग्गा प्रकरणमा मेरो संलग्नता छैन : सभापति देउवा
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । उनले एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर असहमति प्रकट गरेका छन् । सभापति देउवाले नेपाल ...

संसदमा प्रधानमन्त्रीको राजीनामा माग

संसदमा प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् थापाले प्रधानमन्त्रीको बैधता र योग्यता गुमेको भन्दै राजीनामा माग गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र देशको हितका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । ‘संख्या तपाईंसँग होला तर शा...

अनियमितता सम्बन्धमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : नेता रिजाल

अनियमितता सम्बन्धमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : नेता रिजाल
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर काँग्रेसका मीनेन्द्र रिजालले मुलुकमा आर्थिक अनियमितता कुरा उठिरहेकाले यसबारेमा प्रधानमन्त्रीले सदनलाई प्रष्ट पार्नुपर्ने बताएका छन् । “विभिन्न आर्थिक अनियमिता भएका घटनाका बारेमा तत्कालै संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्...

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि नेपालीको उद्धार गर्न माग

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि नेपालीको उद्धार गर्न माग
काठमाडौँ- नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्...