ट्रकले दियो नौ सवारी साधनलाई ठक्कर, चितवन टाँडीका गुरुङको मृत्यु
काठमाडौँ- काठमाडौंको कलंकीस्थित सोमबार बेलुका एउटा ट्रकले नौ वटा सवारी साधनलाई एकैसाथ ठक्कर दिँदा एकको मृत्यु भएको छ । यस्तै, ४ जना घाइते भएका छन् ।
थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ना ६ ख २८७१ नम्बरको उक्त ट्रकले ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो ।...









