डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु

डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु
दोलखा- शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले आज ११ः३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो । ठक्कर दिँदा उनकोे घटनास्थलमै मृत्यु भ...

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा चार लाख दर्शनार्थी

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा चार लाख दर्शनार्थी
–पूर्णप्रसाद मिश्र काठमाडौँ- महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थि...

प्रतिकूल मौसमका कारण अधिकांश उडान प्रभावित

प्रतिकूल मौसमका कारण अधिकांश उडान प्रभावित
काठमाडौँ- प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँ विमानस्थलको भिजिविलिटी कम छ । बाक्लो तुवाँलोका कारण ...

धर्म-संस्कृति नै विकासको मूलआधार : मुख्यमन्त्री

धर्म-संस्कृति नै विकासको मूलआधार : मुख्यमन्त्री
भक्तपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताएका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री पौडेलले धर्मसंस्कृति नेपालको पहिचान र अस्तित्वसँग जोडिएकाले यसको संरक्षणको विकल्प नरहेको...

आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै

आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
काठमाडौँ- प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग...

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा
काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक रु ५० अर्ब बढी विदेशी पूँजी भित्र्याउने गरे पनि उक्त रकमको उचित नियमन नहुँदा मुलुकको विकास, समृद्धि र सुधारमा असर पुगिरहेको जिकिर गरे । “सामाजिक संस्थामार्फत आएको पैसा विकास र समृद्...

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्काटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा अनियमितता भएको भन्दै मन्त्री बर्खास्त नगरेसम्म ...

भारतमा बस दुर्घटना हुँदा छ नेपाली तीर्थयात्रीको मृत्यु

भारतमा बस दुर्घटना हुँदा छ नेपाली तीर्थयात्रीको मृत्यु
काठमाडौँ- सुनसरीबाट ३५ दिने तीर्थयात्राका लागि भारत गएका छ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा आज बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका...

समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गर्छौं : प्रधानमन्त्री

समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गर्छौं : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक ...

चीनबाट ल्याइएका सबै नेपालीमा कोभिड–१९ को प्रभाव देखिएन

चीनबाट ल्याइएका सबै नेपालीमा कोभिड–१९ को प्रभाव देखिएन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनु नपर्ने जनाएको छ । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा क्वारेन्टाइ...