टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु
नुवाकोट- जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु
नवलपरासी- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८, स्थित रानीटारमा बुधबार राति ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । ना ५ त ५४७३ नम्बरको ट्रयाक्टर र बा २७ प २७९३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रानीटार निवासी २४ वर्षीय सन्दीप शर्माको ज्यान गएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार २९ वर्षीय खिमानन्द पाण्डे गम्भीर घाइते भ...

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा संसदमा संकल्प प्रस्ताव

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा संसदमा संकल्प प्रस्ताव
काठमाडौँ- “नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसदमा संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सरकारले सीमाबिवादलाई सशक्तरूपमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलकदमी गरी नेपालको भू–भाग अक्षुण राख्ने र कालापानी क्षेत्रमा रहँदै आएको भारतीय सेना हटाउन राष्ट्रको आवाज एकताबद्ध बनाउन प्रस्तुत गरिएको उक्...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ : परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् । राष्ट्रियसभामा बिहीबारको बैठकमा संकल्प प्रस्तावमाथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने उल्लेख गरे । ‘नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको ...

सूचना प्रविधि विधेयकबारे नकारात्मक हल्ला फैलाइयो : मन्त्री बास्कोटा

सूचना प्रविधि विधेयकबारे नकारात्मक हल्ला फैलाइयो : मन्त्री बास्कोटा
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका बारेमा नकारात्मक हल्ला फैलाइएको बताएका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटमा उनले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई दर्ता हुनुपर्ने भनेर विधेयकका बारेमा भ्रम सिर्जना गर्न खोजिएको बताए । “तथ्य छोप्ने, भ्रम सिर्जना गर्ने काम गरेको देखियो, हरेक नागरिक दर्त...

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक बेपत्ता

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक बेपत्ता
बाजुरा- नेपालको सुदूरपश्चिम हिमाली गाउँपालिका ७ स्थित बाधुको कालडाँडा भीरबाट जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । मृतक चारमध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । ...

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय
तनहुँ- तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ । विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका–३ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्द...

सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग

सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सच्याउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत उक्त विधेयक संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार ह...

पोखरामा बससँग मोटरसाइकल र जिप ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

पोखरामा बससँग मोटरसाइकल र जिप ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
पोखरा- पोखरामा भ्रमण वर्षको उत्साह छाउँदै गर्दा बिहानै दुर्घटना हुन पुगेको छ । सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचा...

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
काठमाडौँ- नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौँको दशरथ रंगशालामा एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरिन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन...