जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कञ्चनपुर- भारतीय नम्बर प्लेटको स्र्कापियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी ...

सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा

सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा
चौतारा- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ । दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो । दुर्घटनामा एकै परिवारका...

पोखरा सडक महोत्सब पुष १२ गते देखी, “सडकमै खाऔं, सडकमै रमाऔं” भन्दै रेवान पोखराको टिम चितवनमा

पोखरा सडक महोत्सब पुष १२ गते देखी, “सडकमै खाऔं, सडकमै रमाऔं” भन्दै रेवान पोखराको टिम चितवनमा
महेश पाण्डे चितवन । पोखरा सडक महोत्सब पुष १२ गते देखी सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन पोखराको आयोजनामा यहि पुष १२ गते देखी १६ गते सम्म पोखराको लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रफलमा २१ औं पोखरा सडक महोत्सबको आयोजना गरिएको आइतबार सौराहामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । यस पटकको महोत्सबको नारा “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने रहेकोले सबै चितवन बासी...

काँग्रेसद्वारा सडक दुर्घटना नियन्त्रण गर्न अपिल

काँग्रेसद्वारा सडक दुर्घटना नियन्त्रण गर्न अपिल
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा आइतबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उ...

मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा

मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११औँ मानवअधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा उनले आफ्नो कार्यकाल करिब १० महिनामात्र भए पनि बाँचुन्जेलसम्म मानवअधिकारका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । “स्वतन्त्र भएर मान...

पन्ध्र वर्षपछि दुई हत्यारा पक्राउ

पन्ध्र वर्षपछि दुई हत्यारा पक्राउ
काठमाडौँ- नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्...

सिन्धुपाल्चोकमा बस खस्यो, १४ जनाको मृत्यु, १८ घाइते

सिन्धुपाल्चोकमा बस खस्यो, १४ जनाको मृत्यु, १८ घाइते
–हृदयेन्द्र अनुरागी काठमाडौँ- देशभर गाडी दुर्घटनाका खबर सार्वजनिक भइरहेका बेला दोलखा कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । आइतबार भक्तपुरबाट कालिञ्चोकतर्फ रिजर्भ गरी फर्किंदै गरेको बस बिहान ८ बजे सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो । बा ४ ख ४४६८ नम्बरको बसका यात्रुमध्ये १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जा...

नेपाल प्रहरीको लिखित परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ

नेपाल प्रहरीको लिखित परीक्षामा २२ नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत- लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ । विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए । श्री...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बनेपा- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बीपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उप...

स्थानीयको कुटपिटबाट कुमालको मृत्यु

स्थानीयको कुटपिटबाट कुमालको मृत्यु
तनहुँ- तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ राइनास नगरपालिका–५ का ५२ वर्षीय राजकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय म...