प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्...

प्रदेशका सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्छ : कानूनमन्त्री केसी

प्रदेशका सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्छ : कानूनमन्त्री केसी
रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना हुने बताएका छन् । आज रुपन्देहीमा आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेशस्तरीय बहस कार्यक्रममा मन्त्री केसीले सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने कुरा मौलिक हकको विषय भएकाले यसको व्यावहारिक कार्यान्वयन जरुर...

चितवनमा डेँगुका कारण थप एकको मृत्यु

चितवनमा डेँगुका कारण थप एकको मृत्यु
चितवन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेँगुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो । यसअघि एक जन...

हराएकी एक वृद्धा माछापोखरीमा मृत फेला

हराएकी एक वृद्धा माछापोखरीमा मृत फेला
भरतपुर । चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीया टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर...

सचिवसहित नौजना प्रहरी नियन्त्रणमा

सचिवसहित नौजना प्रहरी नियन्त्रणमा
पशुपतिनगर । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा (धमला), ...

स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार

स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार
बैतडी । स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । लामालेक–ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्...

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु
रोल्पा । तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्ष...

संविधानको अन्तर्राष्ट्रिय समुदायद्वारा सराहना : प्रधानमन्त्री

संविधानको अन्तर्राष्ट्रिय समुदायद्वारा सराहना : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अगीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठह¥याउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसको सराहना गरेको बताएका छन् । नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आज बालुवाटारमा आयोजित कार्यक्रममा उनले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, स...

राष्ट्रिय गौरवका आयोजना समयअगावै सक्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजना समयअगावै सक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरू निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’बाट आज विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । ऊर्जा, जलस्रोत र सि...

नेकपा नेतामाथि चन्द समूहको आक्रमण

नेकपा नेतामाथि चन्द समूहको आक्रमण
जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि आज बिहान आक्रमण भएको हो । आक्रमण...