चितवन हात्ती महोत्सव : विजुलीकलीलाई हात्ती सुन्दरीको ताज
रत्ननगर । सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् ।
४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले...









