नेपालमा बढ्दो कोरोना संक्रमणः एकैदिन ४ हजार ८९२ जना संक्रमित, १७ को मृत्यु
काठमाडौँ । नेपालमा कोरोनाा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप १७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार...









