रत्ननगरको मेयरमा एमालेबाट दुवाडी र उप–मेयरमा पाठकले गरे उम्मेदवारी दर्ता
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाको मेयरमा एमालेबाट विमला दुवाडी र उपमेयरमा यादव पाठकको उम्मेदवारी दर्ता गरेका छन् । दुवाडी र पाठकले रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
बिमला दुवाडी नगरको निवर्तमान उप–मेयर हुन् भने पाठक नेकपा एमालेको नगर इन्चार्ज रहेका छन् ।









