भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी

भरतपुर महानगरको मेयर र उपमेयरमा काङ्ग्रेसबाट १३/१३ जना आकांक्षी
आशिष अधिकारी चितवन । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा १३ जनाको र उप मेयरमा १३ जनाको मनोनयन दर्ता भएको छ । आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी ...

रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी

रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी
महेश पाण्डे चितवन । रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी देखिएका छन् । आज (शनिबार) रत्ननगरमा भएको नेकपा एमाले रत्ननगर नगर कमिटीको बैठकमा उपस्थित मध्ये ६ जनाले मेयर पदको लागी आफ्नो आकांक्षा प्रकट गरेका छन् भने उप–मेयरमा ८ जनाले आकांक्षा प्रकट गरेका छन् । जसमा मेयर पदको लागि हाल उप–मेयर रहेकी बिमला देवि दुवाडी, राजाराम रेग्मी, डा. किशोर चन्द्र खना...

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटियो

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटियो
चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटिएको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको थियो । धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट र ईप्रका खैरहनीबाट प्रह...

पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते

पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते
चितवन । पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते भएका छन् । आज (शनिबार) बिहान करिब ०८ः०० बजेको समयमा भरतपुर म.न.पा. १४ लाफाचोकमा पटिहानिबाट गितानगर तर्फ आउदै गरेको ना१ज ६१८८ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना१ज ४१८१ नम्बरको म्याजिक भ्यान एक आपसमा ठक्कर खाएको थियो । सो ठक्करबाट ना१ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना...

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि मान्छे लग्यो, खोजि कार्य हुँदै

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि मान्छे लग्यो, खोजि कार्य हुँदै
चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि मान्छे लगेको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको प्रहरीले जनाएको छ । अहिले धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट जम्दारको कमाण्ड...

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा बितरण गर्दै, भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन नसकिने बताएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका २ मा रहेका भूमिहिन ४६ घरधुरीलाई लालपुर्जा बितरण गरेका हुन् । लाल पुर्जा बितरण गर्दै, उनले आँफुले ब...

होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको गरियो उद्धघाटन

होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको गरियो उद्धघाटन
महेश पाण्डे चितवन । रत्ननगर नगरपालिका, टिकौली सामुदायीक वन तथा बागमती प्रदेश सरकारको संयुक्त लगानीमा बनेको होम स्टेको नया स्वरुप रत्ननगर साँस्कृतिक ग्रामको आज (सोमबार) उद्धघाटन गरिएको छ । सो साँस्कृतिक ग्रामको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन तथा उप–प्रमुख बिमला देवी दुवाडीले संयुक्त रुपमा एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् । उद्धघाटन पछि बोल्दै नगर प्रमुख वन...

गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने नेपाली कांग्रेस चितवनको निर्णय

गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने नेपाली कांग्रेस चितवनको निर्णय
आशिष अधिकारी २० चैत नेपाली कांग्रेस चितवनले गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । सातै पालिकामा छुट्टाछुट्टै सयन्त्र तयार गरि तालमेल प्रक्रियालाई अगाडि बढाउने निर्णय समेत गरेको छ । नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्व...

सरसफाई गर्ने क्रममा भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

सरसफाई गर्ने क्रममा भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
चितवन । सरसफाई गर्ने क्रममा भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (आइतबार) दिउसो २ः१० बजेको समयमा भरतपुर म.न.पा.–१ आँपटारी स्थित तौलपुल नजिकै सडक बिभागबाट सरसफाईको लागि खटिएका तनहु देवघाट ५ बस्ने बर्ष ५५ का भिम बहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त सडक छेउको नालीमा सरसफाई गर्ने क्रमम...

ईप्रका रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन तथा इन्द्र रानाको बिदाई

ईप्रका रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन तथा इन्द्र रानाको बिदाई
महेश पाण्डे चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन भएको छ भने डिएसपी ईन्द्र बहादुर रानालाई बिदाई गरिएको छ । आज (आइतबार) ईलाका प्रहरी कार्यालय रत्ननगरको प्राङ्गणमा भएको स्वागत तथा फेरि भेटौला कार्यक्रममा बोल्दै बाग्लुङ्ग सरुवा भएर जान लाग्नु भएका डिएसपी इन्द्र बहादुर रानाले आफ्नो १३ महिनाको कार्यकाल सहज ढंगबाट बितेकोमा खुसी ब्यक्त गरे । उन...