चितवनका अस्पतालमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु, २४० जना आईसीयूमा, ४९ भेन्टिलेटरमा
चितवन । कोरोना कहरको दोस्रो लहर बिच चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
त्यसैगरी सो कार्यालयका अनुस...







