आइतबार थपिए २८१७ संक्रमित, २१ जनाको मृत्यु

आइतबार थपिए २८१७ संक्रमित, २१ जनाको मृत्यु
काठमाडौँ । नेपालमा आइतबार २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २८१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५७ हजार ९२६ पुगेको छ । हाल क्वारेन्टाइनमा १ हजार १४९ र आइसोलेसनमा ३५...

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु : नवनिर्वाचित राष्ट्रपति बाइडेन

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु : नवनिर्वाचित राष्ट्रपति बाइडेन
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको ४६औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मतसहित कुल २७३ मत प्राप्त गरेसँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ...

सचिवालय बैठकका लागि अध्यक्ष ओलीसँग आग्रह

सचिवालय बैठकका लागि अध्यक्ष ओलीसँग आग्रह
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेतृत्वबीच पार्टीको आन्तरिक जीवन तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल ...

लायन्स तथा लियाे क्लबकाे संयुक्त आयोजनामा रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स तथा लियाे क्लबकाे संयुक्त आयोजनामा रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न
चितवन । लायन्स तथा लियाे क्लबकाे संयुक्त आयोजनामा रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । लायन्स तथा लियाे क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स तथा लियो क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा रत्ननगरमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । साे रक्तदान कार्यक्रममा “रक्तदान जिवन दान” भन्ने मुल भावलाई आत्म साथ गर्दै १०८ जनाले रक्तदान गरेका थि...

घुस लिएको अभियोगमा इञ्जिनियरसहित दुई पक्राउ

घुस लिएको अभियोगमा इञ्जिनियरसहित दुई पक्राउ
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पु¥याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो । अख्तियारका प्रहरी नायब उपर...

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
चितवन । हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम...

जीप दुर्घटनामा तीनको मृत्यु

जीप दुर्घटनामा तीनको मृत्यु
सल्यान । सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बु...

जो बाइडेन ४४ राज्यमा विजयी, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी !

जो बाइडेन ४४ राज्यमा विजयी, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी !
वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुँदै गएको छ । देशका कुल ५० राज्यमध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी भएका छन् भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उनको फराकिलो अग्रता रहेको छ । सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि ब...

चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीले मारे चार गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीले मारे चार गैँडा
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता चोरी सिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी सिकारीका कारण हो । आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृत्त...

शनिबार थपिए २७५३ जना संक्रमित, १७ जनाको मृत्यु

शनिबार थपिए २७५३ जना संक्रमित, १७ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शनिबार २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २२०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५५ हजार ११४ पुगेको छ । हाल क्वारेन्टाइनमा १ हजार १४४ र आइसोलेसनमा ३५...