भारतमा एकैदिनमा ९२ हजार ६०५ मा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ लाख नाघ्यो

भारतमा एकैदिनमा ९२ हजार ६०५ मा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ लाख नाघ्यो
नयाँ दिल्ली । भारतमा एकैदिनमा ९२ हजार ६०५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख १७ हजार २७४ पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख १० हजार ...

चितवनमा दुई सङ्क्रमितको मृत्यु

चितवनमा दुई सङ्क्रमितको मृत्यु
चितवन- चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वासप्रश्वासमा समस्...

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा सङ्क्रमण

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा सङ्क्रमण
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा ...

आइतबार १३२५ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु

आइतबार १३२५ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु
काठमाडौँ । नेपालमा आइतबार १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आइतबार थप १३२५ सहित ६४ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ९६६ जना डिस्चार्ज भएका छन् ।...

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापक...

कोरोना संक्रमणका कारण एक सैनिकको मृत्यु

कोरोना संक्रमणका कारण एक सैनिकको मृत्यु
काठमाडौँ । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो । यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेक...

अब दुई घन्टामै पिसिआर परीक्षणको नतिजा

अब दुई घन्टामै पिसिआर परीक्षणको नतिजा
चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कलेजले गत ...

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता
चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो । जिल्लामा सङ्क्रमित बढे पनि व्यापार व्यवसाय चलाउनु पर्छ भन्ने आवाज चर्को बन्दै गएपछि प्रशासनले केही खुकुलो गरेको हो । प्रमुख जिल्ला अ...

कम्प्युटर फ्याकल्टी एसोसियसन चितवनकाे दुइदिने कार्यशाला भर्चुअल माध्यमबाट

कम्प्युटर फ्याकल्टी एसोसियसन चितवनकाे दुइदिने कार्यशाला भर्चुअल माध्यमबाट
कम्प्युटर फ्याकल्टी एसोसियसन चितवनकाे दुइदिने कार्यशाला भर्चुअल माध्यमबाट सुरु भएकाे छ । कम्प्युटर फ्याकल्टी एसोसियसन (सिफ्यान) चितवनको आयोजनामा एमएस टिम्स तथा अनलाईन परिक्षा मुल्याङ्कन पद्धती बिषयमा दुइदिने कार्यशाला भर्चुअल माध्यमबाट शनिबारदेखि औपचारिक रुपमा शुरुवात भएको हाे। भर्चुअल माध्यमबाट संचालन भएकाे उक्त कार्यशालामा प्रमुख अतिथी प्रा. डा. कुशुम शाक्य अन्य अतिथि ...

नेपालमा शनिबार १२०४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

नेपालमा शनिबार १२०४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४०० नाघ्यो
काठमाडौँ । नेपालमा शनिबार १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शनिबार थप १२०४ सहित ६२ हजार ७९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १४४७ जना डिस्चार्ज भएका छन्...