जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा रत्ननगर वडा नं. ५ काे आइसाेलेसन सेन्टरमा औषधी बितरण
२१ भाद्र, चितवन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले रत्ननगर वडा नं. ५ काे आइसाेलेसन सेन्टरमा औषधी बितरण गरेकाे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख काेपिला अधिकारीका अनुसार साे आइसाेलेसन सेन्टरमा रहेकालाई गूडुचीचुर्ण, जेष्ठवसादी, मुलेठीचुर्ण, सितोपलादी, त्रिकटु एवं अश्वगन्धा चुर्ण लगायतका आयुर्बेदिक औषधीहरु बितरण गरिएकाे हाे ।
रत्ननगर नगरपालिकाकाे स्वास्थ्य शाखा...









