नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, मृतकको संख्या ३०० पुग्यो

नेपालमा थप ९७९ जनामा कोरोना पुष्टि, मृतकको संख्या ३०० पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको पिसिआर परीक्षणका क्रममा ९७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । जसमा १६ हजा...

चितवनका पर्यटकीय क्षेत्रका होटल तथा रेस्टुरेन्टको ३० अर्ब लगानी संकटमा

चितवनका पर्यटकीय क्षेत्रका होटल तथा रेस्टुरेन्टको ३० अर्ब लगानी संकटमा
चितवन । चितवनमा पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका होटल तथा रेस्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ बढी लगानी सङ्कटमा परेको छ । जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् । पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान...

व्यवसायी भन्छन् : पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ

व्यवसायी भन्छन् : पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ
काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् । महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन कोरोना भाइरसको सङ्क्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन ...

बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु
चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव आज दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्...

चितवनमा १९ जनासहित संक्रमितको संख्या एक हजार नाघ्यो

चितवनमा १९ जनासहित संक्रमितको संख्या एक हजार नाघ्यो
चितवन । पछिल्लो २४ घन्टामा चितवनमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको १७७ वटा नमुनाको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै चितवनमा संक्रमितको संख्या १००५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा ८१३ जना सक्रिय संक्रमित रहेका छन् भने १८० जना डिस्चार्ज भईघर फर्किएका...

नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता : प्रधानमन्त्री

नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताए । ...

आइतबार थपिए ९८० संक्रमित, १८१४ जना डिस्चार्ज, नौ जनाको मृत्यु

आइतबार थपिए ९८० संक्रमित, १८१४ जना डिस्चार्ज, नौ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको पिसिआर परीक्षणका क्रममा ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । जसमा १७ हजा...

दुई हजार एक सय बढी प्रहरी कोरोना सङ्क्रमित

दुई हजार एक सय बढी प्रहरी कोरोना सङ्क्रमित
काठमाडौँ । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाका तीन जिल...

कोरोना संक्रमणबाट युएईमा थप पाँच नेपालीको मृत्यु

कोरोना संक्रमणबाट युएईमा थप पाँच नेपालीको मृत्यु
काठमाडौँ । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । समितिका संयोजक...

डा पन्तको स्मृति दिवसमा उद्यमी गुरुङ नगदसहित पुरस्कृत

डा पन्तको स्मृति दिवसमा उद्यमी गुरुङ नगदसहित पुरस्कृत
चितवन । निर्धन उत्थान लघुवित्त सहकारी संस्थाका संस्थापक डा हरिहरदेव पन्तको पाँचौँ स्मृति दिवसको अवसरमा हरिहरदेव पन्त फाउन्डेसन, काठमाडौँको आयोजनामा आइतबार नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निर्धन उत्थानकी समूह (प्रसौनी महिला समूह) अध्यक्ष बुद्धमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । निर...