डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णयमा पुनः विचार हुने टेड्रोसको अपेक्षा

डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णयमा पुनः विचार हुने टेड्रोसको अपेक्षा
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उनले बताए । उनले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने उनले बताए । जुनसुकै म...

जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दो

जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दो
टोकियो । गर्मी बिदा सुरू हुँदै गर्दा जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको जापानी अधिकारीले बताएका छन् ।जापानमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ५६५ पुगेको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । यससँगै शनिबार साँझसम्म जापानमा सङ्क्रमित हुनेको सङ्ख्या ४७ हजार ४६४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख ...

भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९४० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै शनिबारसम्ममा भारतमा कुल सङ्क्रमितको संख्या २१ ला...

विश्वभर एक करोड २५ लाख कोरोना संक्रमित बढी डिस्चार्ज

विश्वभर एक करोड २५ लाख कोरोना संक्रमित बढी डिस्चार्ज
जेनेभा । विश्वमा एक करोड २५ लाख ८७ हजार ५४५ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख २५ हजार ६४ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ । सो संगठनका अनुसार शनिबारसम्म विश्वभरमा एक करोड ९६ लाख ५ हजार ५१९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये एक करोड २५ लाख ८...

विमान दुर्घटनामा परी भारतमा १८ जनाको मृत्यु

विमान दुर्घटनामा परी भारतमा १८ जनाको मृत्यु
कोझिकोड । भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताए । सुरुमा १७ जनाको मृत्युको खबर आए पनि घाइतेमध्ये थप एक जनाको मृत्यु भएपछि कुल मृतक...

नेपालमा थपिए ३७८ संक्रमित, थप तीनसहित ७३ जनाको मृत्यु

नेपालमा थपिए ३७८ संक्रमित, थप तीनसहित ७३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३७८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७७८८ जनाको पिसिआर परीक्षणका क्रममा ३७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । जसमा ६२०६ जना संक्रमित...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्च...

कार दुर्घटनामा तीन जनाको मृत्यु

कार दुर्घटनामा तीन जनाको मृत्यु
रुपन्देही । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । ...

मनसुन फेरि सक्रिय : तीन दिन देशभर वर्षा हुने

मनसुन फेरि सक्रिय : तीन दिन देशभर वर्षा हुने
काठमाडौँ । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन् । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भनिन् । मौसमविद्का अनुसार यसवर्ष मनसुन बढी सक्रिय भएको...

सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन सुरू गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । ‘कोरोना पोजेटिभ भएर होम क्वारेन्टाइनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोन...