अमेरिकी कदमविरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध
बेइजिङ । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुजसमेतका ११ जना प्रभावशाली अमेरिकी नागरिकविरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ ।
हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्...









