कोरोना संक्रमणबाट विश्वभर ६ लाख ९० हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर ६ लाख ९० हजार बढीको मृत्यु
बेइजिङ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आइतबार रातिसम्म कुल मृतकको संख्या छ लाख ९० हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ९० हजार ३० पुगेको हो । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ९५ हजार ६७५ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्ष...

भारतका सरकारका गृहमन्त्रीमा कोरोना संक्रमण पुष्टि

भारतका सरकारका गृहमन्त्रीमा कोरोना संक्रमण पुष्टि
नयाँ दिल्ली । भारतीय संघीय सरकारका गृहमन्त्री अमित शाहलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री शाहले आइतबार ट्वीटरमार्फत आफूलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताएका छन् । मन्त्री शाहले आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न आग्रहसमेत गरेका छन् । शाहले...

जापानमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

जापानमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो
टोकियो । जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विगत २४ घन्टामा एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् । जापानले सुरूमा कोभिड सङ्क्रमि...

कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु
रियो दि जेनेरियो । ब्राजिलमा विगत २४ घन्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार विगत २४ घन्टामा ब्राजिलमा ४५ हजार ६७८ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म कुल ९३ हजार ६१६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ...

कुसुमखोलामा रहेका पीडित परिवारको घर निर्माण गर्न कोष स्थापना

कुसुमखोलामा रहेका पीडित परिवारको घर निर्माण गर्न कोष स्थापना
अजित अधिकारी चितवन । माडी नगरपालिका ९ स्थित कुसुमखोलामा विगत केही दिनअगाडि भएको निकुञ्ज प्रशासनको अमानवीय व्यबहारका कारण स्थानीयवासीहरुले निर्माण गरेका संरचना एवं बसोबास गरेका घर र उनीहरुले लगाएका बालीहरु सखाप पारी घर जलाउने र भत्काउने कार्यको सर्वत्र आलोचना भएको छ । अहिले पीडित जनताहरुको घर निर्माण गर्नको लागि घर निर्माण अभियानसमेत सुरु गरिएको छ । यसै विषयमा शनिबार पीडित प...

निकुञ्जको ज्यादतीको विरुद्ध माडी नगरपालिका आन्दोलित

निकुञ्जको ज्यादतीको विरुद्ध माडी नगरपालिका आन्दोलित
-अजित अधिकारी चितवन । माडीको कुसुमखोलामा विगत केही दिनअगाडि निकुञ्ज प्रशासनबाट भएको ज्यादती र फेरि हुँदै आएको अन्याय र अत्याचारले सीमा नाघेको भन्दै बाँदर झुला र कुसुमखोलामा बसोबास गर्ने जनताको समस्याबारे माडी नगरपालिकाले चासो लिएको छ । सो समस्या कुसुमखोलाको मात्र नभई सिङ्गो माडीबासीकै समस्या रहेको बताउँदै नगर प्रमुख ठाकुरप्रसाद ढकालले बाढीपीडित, चेपाङ र सुकुम्बासी समुदायको आ...

राजकुमार चेपाङको शव बुझ्यो परिवारले

राजकुमार चेपाङको शव बुझ्यो परिवारले
चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर आज बिहान चितवन ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीड...

संक्रमण उच्च देखिएपछि सप्तरीको सबै नाका बन्द

संक्रमण उच्च देखिएपछि सप्तरीको सबै नाका बन्द
सप्तरी । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आइतबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए । शनिबार सा...

नेपालमा थपिए ३४६ संक्रमित, थप एकसहित ५७ जनाको मृत्यु

नेपालमा थपिए ३४६ संक्रमित, थप एकसहित ५७ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८८६१ जनाको पिसिआर परीक्षणका क्रममा ३४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ७७१ पुगेको छ । जसमा ५६७२ जना संक्रमित...

पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु
नयाँदिल्ली । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अवैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ । भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ...