नेपालमा एकैदिन थपिए ४१८ संक्रमित, समुदायस्तरमा संक्रमण बढ्दै

नेपालमा एकैदिन थपिए ४१८ संक्रमित, समुदायस्तरमा संक्रमण बढ्दै
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७६३७ जनाको पिसिआर परीक्षणका क्रममा ४१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । जसमा ५७३२ जना संक्रमित...

कोभिड–१९ को उद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा : डब्लुएचओ

कोभिड–१९ को उद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा : डब्लुएचओ
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्युएचओका प्रमुखले सोमबार बताएका छन् । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बताए । उनले भने, “अध्...

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण
वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुप...

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या १८ लाख ३० हजार नाघ्यो

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या १८ लाख ३० हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ३० हजार नाघेको सोमबार जनाइएको छ । गत २४ घन्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३० हजार ९४९ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हज...

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ९४ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ९४ हजार नाघ्यो
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९४ हजार ५७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबार रातिसम्म विश्वभरीमा १ करोड ८२ लाख ५ हजार ४९० जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड १५ लाख ८ हजार ९८७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख २ हजार ४४६ व्यक्ति कोर...

दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरु बन्द

दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरु बन्द
जोहानेसवर्ग । दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पसलगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन् । कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो । दक्षिण अफ्रिकामा कोरोना भाइरसको महामारी पछिल्लो समयमा निकै बढ्दै गएको छ । सोही कारण यहाँका विद्यालय तथ...

बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या

बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या
क्यामरुन । क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । सो हमलामा परी अरु कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिक गम्भीर रुपमा घाइते भएका बताइएको छ । बोको हरामका हतियारधारी वद्रोहीहरुले...

सिजी ल्याण्डमार्कको सपिङ मलबाट सुरक्षित सेवा सुचारु

सिजी ल्याण्डमार्कको सपिङ मलबाट सुरक्षित सेवा सुचारु
चितवन । छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्क पुनः सुचारु भएकोे छ । चैत ११ को लकडाउनसँगै पूर्णरुपमा बन्द भएको मलमा ब्रान्डेड सामानको कारोबार गर्ने व्यवसायीले यसअघि आफ्ना ग्राहकको मागबमोजिम सीमित समय पसल खोलेर सेवा दिँदै आएका थिए । अहिले भने सिजी ल्यान्डमार्क पूर्णरुपमा खुलेको मल मेनेजर उज्ज्वल केसीले जानकारी दिए । सिजी ...

मामाघर बसेकी बच्चालाई चितुवाले लग्यो, कफी घारीमा भेटियो यस्तो अवस्थामा (भिडियो)

मामाघर बसेकी बच्चालाई चितुवाले लग्यो, कफी घारीमा भेटियो यस्तो अवस्थामा (भिडियो)
शनिबार राति करिब ९ बजेतिर अमिशा थापा खाना लिन भान्छातिर जाँदै थिइन् । उनकी हजुरआमा र माइजू बाहिरै पिंढीमा बसिरहेका थिए । आर्थिक अवस्था निकै कमजोर भएकाले मामाघरमै बसेर कक्षा ४ मा पढ्ने अमिसालाई चितुवाले एक्कासि आक्रमण गर्छ । घटना हो तनहुँ जिल्लाको आबु खैरेनी गाउँपालिका वडा नं १ समस्तीपुरको । ८ वर्षीया अमिशा चितुवाको आक्रमणबाट घाइते भएकी छन् । उनीको चितवनमा उपचार भइरहेको छ । मामा...

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध
कुवेत सिटी । खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् । कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगला...