दयालु र सहयोगी भावनाका भागिरथ

दयालु र सहयोगी भावनाका भागिरथ
अजित अधिकारी चितवन । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा माडीका स्थानीय समाजसेवी भागिरथ बस्यालले खेलेको भूमिका सराहनीय रहेको छ । विसं २०२२ साल चैत १८ गते पर्वत जिल्लामा जन्मिएका बस्याल सानै उमेरदेखि दयालु र सहयोगी भावनाका रूपमा चिनिन्छन् । विसं २०४१ देखि ०७६ सम्म शिक्षण पेशामा आबद्ध बस्याल हाल नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका ...

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको ...

लायन्स/लियोको रक्तदानमा १२५ युनिट रगत संकलन

लायन्स/लियोको रक्तदानमा १२५ युनिट रगत संकलन
चितवन । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी पूर्वी चितवनको रत्ननगरमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा १२५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विकास पुरीले जानकारी दिए । कार्यक्रममा १० जना महिलासहित १२५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरक...

रत्ननगर रोटरीको पद हस्तान्तरण कार्यक्रम

रत्ननगर रोटरीको पद हस्तान्तरण कार्यक्रम
चितवन । रोटरी क्लब अफ रत्ननगरको शनिबार पद हस्तान्तरण कार्यक्रम गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष विपीन पोखरेलले वर्ष २०२०/२१ का अध्यक्ष शिवराज उप्रेतीलाई पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा निवर्तमान अध्यक्ष बनेका पोखरेलले आफ्नो कार्यकालका पदाधिकारी तथा सदस्यहरु, सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई कदरपत्र प्रदान गरे...

तेक्वान्दोका तीन पदाधिकारीद्वारा राजीनामा

तेक्वान्दोका तीन पदाधिकारीद्वारा राजीनामा
चितवन । जिल्ला तेक्वान्दो कार्यसमिति चितवनका अध्यक्ष पुष्पराज जोशीसहित तीन जनाले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष जोशी, वरिष्ठ उपाध्यक्ष रोशन खान र कार्यसमिति सदस्य मीरा थापाले पदबाट राजीनामा दिएका हुन् । जोशी, खान र थापा राष्ट्रिय खेलकुद परिषद् मातहतका सहायक प्रशिक्षक हुन् । नयाँ खेलकुद विकास ऐन–२०७७ ले राखेपअन्तर्गतका कर्मचारीहरु कुनै पनि संघ तथा समितिहरुमा बस्न नपाउने ...

थप ३१५ सहित कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

थप ३१५ सहित कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६९९३ जनाको पिसिआर परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । जसमा ५३३८ जना संक्रमित ...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७९ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७९ हजार नाघ्यो
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७९ हजार २५१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७६ लाख ८ हजार २५२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड १० लाख १४ हजार १६५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १४ हजार ८३६ व्यक...

कोरोना उपचारको सफल नेतृत्व गर्दै भरतपुर अस्पताल

कोरोना उपचारको सफल नेतृत्व गर्दै भरतपुर अस्पताल
चितवन । चितवनसहित आठ जिल्लाका कोभिड–१९ सङ्क्रमितको सफल उपचार गर्न भरतपुर अस्पताल सफल भएको छ । अस्पतालले हालसम्म ८३ सङ्क्रमितको उपचार गरिसकेको छ । अन्य अस्पतालमा गम्भीर भएपछि सो अस्पतालमा पठाइएका दुई जना सङ्क्रमितको मृत्यु भएको छ भने १० जना उपचाररत छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालले चितवनका ७६, नवलपुरका १०, मकवानपुरका दुई, नवलपरासीका दुई, कपिलवस्त...

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । ...

बसको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

बसको ठक्करबाट प्रहरी हबलदारको मृत्यु
चितवन । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नंको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा ...