पहिरोले घर पुरिँदा दुईको मृत्यु

पहिरोले घर पुरिँदा दुईको मृत्यु
दार्चुला । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए । उनीहरुको घरभित्रबाट शव निकालिएको छ । सोही घटनामा परी घरधनी ३५ वर्षीया ...

बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे

बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे
मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो । पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानकारी दिए । यसैबीच भोटेस्वरा, बदेँलटार, मड्केनी र बक्सेर र...

पहिरोले घर बगाउँदा तीनको मृत्यु

पहिरोले घर बगाउँदा तीनको मृत्यु
वाग्मती । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले टेलिफोनबा...

पृथ्वी राजमार्ग खुलाउन दुई दिन लाग्ने

पृथ्वी राजमार्ग खुलाउन दुई दिन लाग्ने
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, “मुग्लिन–नौबिसे सडकखण...

नदीमा बहाव बढ्दो स् नारायणी र कोशी खतरा तहमाथि

नदीमा बहाव बढ्दो स् नारायणी र कोशी खतरा तहमाथि
चितवन । दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी न...

नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै

नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै
नवलपरासी । नारायणी नदीमा पानीको बहाब बढ्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी दुवै जिल्लाका नदीको तटीय क्षेत्रमा जोखिम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अनुसार नारायणी नदीमा मंगलबार बिहान गरिएको पछिल्लो मापनअनुसार १२ दशमलव ३२ मिटर पानी रहेको छ । नदीमा ११ मिटरभन्दा बढी पानी मापन भएमा सम्भावित जोखिमका रुप...

राप्ती नदीले बगाउँदा राजन बोटेको मृत्यु

राप्ती नदीले बगाउँदा राजन बोटेको मृत्यु
चितवन । पूर्वी चितवनमा राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । माछा मार्न गएका खैरहनी ११ का २९ वर्षीय राजन बोटेको मृत्यु भएको हो । सो नदीको लामाघाटबाट सोमबार ५ बजे हराएका बोटेको शव मंगलबार बिहान ८ बजे दुई किलोमिटर पर खत्रीघाटमा भेटिएको वडाध्यक्ष हाकिमसिंह उप्रेतीले जानकारी दिए । ...

नवलपरासीमा पहिरोले घर पुरिँदा श्रीमान् श्रीमतीको मृत्यु

नवलपरासीमा पहिरोले घर पुरिँदा श्रीमान् श्रीमतीको मृत्यु
नवलपरासी । विगत चार दिनदेखि परेको वर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीका ६१ वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको प्रहरी चौकी बुलिङटारले जनाएको छ । पहिरोले उनीहरुलाई घरसँगै पुरेको थियो । पुरिएका दुव...

इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार
तेहरान । तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् । इरानले मतभिन्नतालाई सुल्झाउन खाडी मुलुकहरूसँगको वार्ताका लागि तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीलाई उद्धृत गरी तास्निम समाचार संस्थाले सोमबार समाचार सम्प्रेषण गरेको छ । इरान साउदी अरबलगायत सबै क्षेत्रीय देशहरू...

भारतमा एकैदिन ४० हजार बढी संक्रमित, एकैदिन ६८१ को मृत्यु

भारतमा एकैदिन ४० हजार बढी संक्रमित, एकैदिन ६८१ को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा एकैदिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्यामध्ये सबैभन्दा उच्च हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्...