खैरहनी नगरपालिकाको ०७६/०७७ को खर्च तथा प्रगती विवरण सार्वजनिक, उठ्यो लक्ष्य भन्दा बढि राजश्व
महेश पाण्डे
७ श्रावण, चितवन । पूर्वी चितवनमा रहेको खैरहनी नगरपालिकाले आ.व. २०७६/०७७ को खर्च तथा प्रगती विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले आज (बुधवार) खैरहनीमा रहेको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरि आ.व. २०७६/०७७ को खर्च तथा प्रगती विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार गएको आ.व २०७६/०७७ मा कुल बजेट रु. ९६ करोड ५० लाख ७६ हजार ८ सय ६० मध्ये चालु बजेट रु. ३...









