एक वर्षमा २६ गैंडा मरे

एक वर्षमा २६ गैंडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए । त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६÷२६ गैंडा मरेका थिए । ...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रम...

अगानिस्तानमा तालिवानविरुद्धको कारबाहीमा २७ को मृत्यु

अगानिस्तानमा तालिवानविरुद्धको कारबाहीमा २७ को मृत्यु
कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् ।अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ । अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सै...

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८५ हजार बढी व्यक्ति संक्रमण मुक्त

विश्वमा कोरोना भाइरस संक्रमित ८२ लाख ८५ हजार बढी व्यक्ति संक्रमण मुक्त
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५३ हजार ३१४ जना व्यक्तिमध्ये ८२ लाख ८५ हजार १८३ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७७८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ । हाल विश्वभरमा ५० लाख ७५ हजार ३८३ संक्रमित व्यक्तिको उपचार भइरहेको छ...

मुम्बइमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु

मुम्बइमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु
मुम्बइ । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ । तर, यसको विस्तृत विवरण भने आएको छैन । मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो । त्यसमा परी पाँच जनाको ज्...

सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई जना घाइते

सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई जना घाइते
सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । घ...

विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च

विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च
चितवन । जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये सङ्घीय सरकारको ५८ दशमलव ४७ प्रतिशत र प्रदेश सरकारको ५२ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सङ्घीय सरकारबा...

माछापुच्छ्रेमा पहिरामा परी तीनको मृत्यु

माछापुच्छ्रेमा पहिरामा परी तीनको मृत्यु
कास्की । माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । सुरक्षाकर्मी त...

कोरोनाका कारण विश्वभर करिब पाँच लाख ८९ हजारको मृत्यु

कोरोनाका कारण विश्वभर करिब पाँच लाख ८९ हजारको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिहीबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८८ हजार ८१० पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३७ लाख ८७ हजार ८३० पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ८१ लाख ९३ हजार ४४७ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा ध...

सरकारका काम कारबाही पारदर्शी र प्रतिस्पर्धी हुने मन्त्री खतिवडाको दाबी

सरकारका काम कारबाही पारदर्शी र प्रतिस्पर्धी हुने मन्त्री खतिवडाको दाबी
काठमाडौँ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारका काम कारबाही पारदर्शी र प्रतिस्पर्धी हुने दाबी गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यका साथै वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्यायोजना सार्वजनिक गर्दै उनले सरकारका कारबाहीहरु पारदर्शी हुने र खरिदहरु प्रतिस्पर्धी हुने बताउँदै सरकारले गर्ने कामहरु विधिसम्मत र नियम...