ससुराको गलत नियत र बिमाको लोभले परिवारकै मिलेमतोमा बुहारीको हत्या

ससुराको गलत नियत र बिमाको लोभले परिवारकै मिलेमतोमा बुहारीको हत्या
हेटौँडा । असार १ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा सुस्मिता थापालाई क्रूरतापूर्वक हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्षसहित सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ससुराको गलत नियत र बिमाले लियो ज्यान सुस्मिता क्षेत्री थापाको क्रूरतापूर्वक हत्या हुनुमा दुईवटा कार...

आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या

आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
सुनसरी । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफू...

कारागारको फोहोरले कैदीबन्दीको बिचल्ली

कारागारको फोहोरले कैदीबन्दीको बिचल्ली
– गोपालप्रसाद बराल महोत्तरी । महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहोर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहोर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सुत्ने ठाउँ नपाएर बिजोग खेप्नुपरेको कैद...

दुर्घटनामा एक महिलाको मृत्यु

दुर्घटनामा एक महिलाको मृत्यु
चितवन । नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा १३ च स्कार्पियो जिप र विपरीत दिशाबाट आइरहेको एनएलओ १ क्यु ५१०६ नंको ग्यास बुलेट एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कार्पियोमा सवार हेटौँडा ५ की ४८ वर्षकी प्रभा गौतमको मृत्यु भएको छ । प्रहरीको अनुसार दुर्घटनामा घाइ...

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५ हजारभन्दा बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५ हजार ५१२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३ लाख २ हजार २३६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ८७ हजार ७०५ जना निको भएक...

ग्रीन लायन्स क्लबले कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने

ग्रीन लायन्स क्लबले कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने
चितवन । चितवनको कसरा चेक पोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भरतपुरमा रहेको चितवन ग्रीन लायन्स क्लबले माडी ठोरी सडकअन्तरगत चितवन राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो । करिब १० लाखको लागतमा निर्माण हुन लागेको शौचालयको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल ३२५ बि टु का ...

सवारी दुर्घटनामा बाबुछोराको मृत्यु

सवारी दुर्घटनामा बाबुछोराको मृत्यु
रुपन्देही । सैनामैना नगरपालिका–८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करिब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो । दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब ...

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । झडपमा दुई जना प्रहरीसमेत...

नेपाल–चीनबीच सीमा विवाद छैन : मन्त्री ज्ञवाली

नेपाल–चीनबीच सीमा विवाद छैन : मन्त्री ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर उनले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे । “नेपालका केही भ–ूभाग चीनले अतिक्रमण गर्यो भन्ने समाचार स...

व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत छैन : प्रधानमन्त्री

व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न अनुरोध गरेका छन् । नेपाल उद्योग परिसंघको १७औँ वार्षिकोत्सव समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नभएको बताएका छन् । उनले निजी क्षेत्रसँग मिलेर नै सरकारले आफ्ना गतिविधि अगाडि बढाउने भएका...