कोरोना संक्रमित पुनः बढ्न थालेपछि बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध
बेइजिङ । चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोना भाइरसविरुद्धको लडाईंलाई फेरि सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षितरुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद...









