बहुविवाहको आरोपमा सात वर्षपछि जेल

बहुविवाहको आरोपमा सात वर्षपछि जेल
सप्तरी । बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । पक्राउ परेका अभियुक्तलाई कैद ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नाराय...

कोरोना महामारीमा समेत भ्रष्टाचार नरोकिएको भन्दै काँग्रेस चितवनले बुझायो ज्ञापनपत्र

कोरोना महामारीमा समेत भ्रष्टाचार नरोकिएको भन्दै काँग्रेस चितवनले बुझायो ज्ञापनपत्र
भरतपुर । नेपाली कांग्रेस चितवनले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा पनि देशमा भ्रष्टाचार भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ध्यानाकर्षणसहितको ज्ञापनपत्र प्रजिअ नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । कांग्रेसले १७ वटा बुँदामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसम...

रत्ननगर रोटरीद्वारा कामको समीक्षा

रत्ननगर रोटरीद्वारा कामको समीक्षा
चितवन । रोटरी क्लब अफ रत्ननगरले एक वर्षभरि सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रभावकारिताको विषयमा समीक्षा गरेको छ । वर्ष २०१९/२० मा क्लबले गरेका काम र त्यसको प्रभावकारिताको विषयमा समीक्षा गरिएको हो । सो क्लबले वर्ष २०१९/२० मा सौराहामा रोटरी घण्टाघर, म्याराथुन दौड प्रतियोगिता, प्रतिभा सम्मान, रक्तदान, लटौलीमा विद्यार्थी खाजा कार्यक्रम, पशु स्वास्थ्य शिविर, सूचना पाटी स्थापना...

११ महिनामा २६ गैँडा मरे

११ महिनामा २६ गैँडा मरे
भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रूखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, बूढो भएर, विद्युतीय करेन्ट लागेर मरेका हुन्...

रत्ननगरका ४५ जनाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट बिदाइ

रत्ननगरका ४५ जनाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट बिदाइ
चितवन । पूर्वी चितवनको रत्ननगरका विभिन्न क्वारेन्टाइनमा बसेका ४५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । असार १ गते भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट आएर रत्ननगर–४, सेरीको अबुबकर मदरसामा बसेका १३ जनासहित ४५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । मदरसामा बसेका १३ जनासहित मंगल...

एकैदिन ३८० सहित संक्रमितको संख्या ६५९१ पुग्यो, १०५८ जना डिस्चार्ज

एकैदिन ३८० सहित संक्रमितको संख्या ६५९१ पुग्यो, १०५८ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३८० जनामा संक्रमण पुष्टि भएको हो । जसमा २८ महिला र ३५२ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । यस्तै, आइतबार ४२५ र सोमबार ४५१ जना संक्रमित थपिएका थिए । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगल...

काँग्रेसद्वारा कोरोनाको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग

काँग्रेसद्वारा कोरोनाको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपदबाट जोगाउन सरकारले गर्नुपर्ने कामका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा सचेतक पुष्पा भुषाल गौतम, सङ्घीय सांसदहरु गगनकुमार थापा, भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसीसहितको ...

कोरोनाबाट विश्वभर ४ लाख ४० हजार बढीको मृत्यु, ८१ लाख ७० हजार बढी संक्रमित

कोरोनाबाट विश्वभर ४ लाख ४० हजार बढीको मृत्यु, ८१ लाख ७० हजार बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४० हजार ६४० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख ७० हजार १४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ६८ हजार २५ जना निको भएका छन् । ...

भारतमा कुल संक्रमित तीन लाख ४३ हजार नाघे

भारतमा कुल संक्रमित तीन लाख ४३ हजार नाघे
नयाँ दिल्ली । भारतमा एकै दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको थियो । सोमबार १० हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवा...