जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वीरगञ्ज बजार खुलाउने निर्णय
-अजित अधिकारी
वीरगञ्ज । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार साँझ सम्पन्न बैठकले निश्चित मापदण्ड बनाएर वीरगञ्ज बजार खोल्ने निर्णय गरेको छ ।
बैठकले छिट्टै वीरगञ्ज उद्योग वाणिज्य संघमार्फत बजार खोल्न बनाइएको मोडालिटीलाई सबै उद्योगी व्यवसायीहरुलाई जानकारी गराएपछिमात्रै लकडाउन खुकुलो गरिने र त्यसपछिमात्रै बजार खुल्ने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले...









